युक्रेनमाथि हमला गरे रुसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी

 मंसिर २५, २०७८ शनिबार १३:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसले युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतले चेतावनी दिएको छ ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे रुसले “गम्भीर आर्थिक परिणाम“ भोग्नुपर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

उहाँले लिभरपुलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम “रणनीतिक गल्ती“ हुने बैठकबाट स्पष्ट पारिने बताउनुभएको हो।

ट्रसले रुस र रुसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कारबाहीलाई रोक्नुपर्नेमा जोड दिनुभएको छ ।  युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको मङ्गलवार त्यस क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गर्नुभएको थियो । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया