पाँच वर्षभित्र गरीबी हटाइने प्रधानमन्त्रीको दृढता

 भदौ २३, २०७५ शनिबार १५:२७:११ | रासस
unn.prixa.net

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहोर्‍याउनुभएको छ । 

शनिबार बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” 

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताउनुभयो । “कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।” 

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो ,“नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । 

कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raj

    Sept. 9, 2018, 4:17 a.m.

    त्यसो भए हरेक महिना १.६७% घट्ने रहेछ , अनि गरिबीको मापदण्ड के छ र कति छन् गरिबको संख्या , बुझ्न पाए राम्रो हुन्थ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया