बैठककाे निर्णयलाई सबैले स्वीकार्नुपर्छ, याेभन्दा राम्राे प्रस्ताव अरू हुन सक्दैन : अध्यक्ष ओली

 मंसिर २६, २०७८ आइतबार १९:३:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ । 

भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई आज आइतवार सम्बोधन गर्दैै उहाँले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ, कसैलाई जिम्मेवारी पुगेन भने उचित जिम्मेवारी दिनेछौँ ।’

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उहाँले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई नाै सय जनाको नाम आएको बताउनुभयो । पोलिटब्युरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्न गाह्रो भएको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उहाँले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबैभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताउनुभयो । 

अध्यक्ष ओलीले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय पर्‍याे होला तर योभन्दा राम्रो प्रस्ताव अरू हुन नसक्ने बताउनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया