अत्यावश्यक नपरी शेयर नबेचौँ : कार्यदल

 मंसिर २७, २०७८ सोमबार १३:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुँजीबजार सुदृढीकरण बृहत् कार्यदलले अत्यावश्यक नपरी शेयर नबेच्न लगानीकर्तालाई आग्रह गरेको छ । शेयर बजार लगानीकर्ता सम्बद्ध सबै संस्थाको संयुक्त कार्यदलले अहिले प्रतिकूल अवस्था रहेको तर हल्लाको भरमा शेयर नबेच्न आग्रह गरेको हो ।

कार्यदलले आज साेमवार विज्ञप्ति निकालेर अर्थ मन्त्रालयले तीन वर्षअघि नै गर्छु भनेका ५८ वटा बुँदाका काम नगर्दा अहिले पुँजीबजार गम्भीर सङ्कटमा परेको भन्दै सङ्कट समाधानका लागि पटक–पटक गरेको आग्रह नसुनेको उल्लेख गरेको छ ।

यस्तै ४५ खर्ब पुँजी पुगेको शेयर बजारले १२ खर्ब रुपैयाँ गुमाइसकेको भन्दै कार्यदलले ५८ बुँदे माग तत्कालै सम्बोधन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । अवस्था थप बिग्रिएमा सम्पूर्ण जिम्मेवार सरोकारवाला निकाय नै हुने पनि कार्यदलले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया