अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ लाख नाघ्यो

 मंसिर २९, २०७८ बुधबार ९:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या आठ लाख जना नाघेको छ । कोरोना संक्रमणका कारण हिजोसम्म अमेरिकामा आठ लाख चार सय जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म पाँच करोड जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिले ज्यान गुमाएको ६ सय ५० दिनमा ८ लाख जनाको ज्यान जानुले निकै भयावह अवस्था देखाएको जनस्वास्थ्य विज्ञहरुलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । ज्यान गुमाउनेमध्ये धेरैजसो बृद्धबृद्धा र खोप नलगाएका नागरिक रहेका छन् ।

जोन्स हप्किन्स ब्लुमबर्ग विश्वविद्यालयका महामारीविद् डाक्टर केरी अल्थोपले कोरोनाविरुद्ध नागरिकको प्रतिरोधात्मक क्षमता नबढाएसम्म नयाँ लहर र मृत्युलाई रोक्न नसकिने बताउनुभएको छ । अमेरिकामा कोरोनाका कारण दोस्रो विश्वयुद्धमा भन्दा दोब्बर धेरै नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । अमेरिकापछि सबैभन्दा धेरै ब्राजिलमा ६ लाख १६ हजार र भारतमा चार लाख ७५ हजार जना भन्दा धेरैको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया