अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ, रेमिट्यान्स घट्यो, मूल्य वृद्धि उकालो लाग्दै

 मंसिर २९, २०७८ बुधबार २०:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशको अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो । 

देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ३२ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा चार दशमलव शून्य पाँच प्रतिशतमा सीमित थियो । 

यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले घटेको छ । असोजमा पनि रेमिट्यान्स सात दशमलव ५ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा दुई खर्ब २३ अर्ब १९ करोड पुगेको छ ।

यस्तै गएको वर्षको यही अवधिमा देशको चालु खाता १९ अर्ब एक करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले नोक्सानीमा पुगेको छ । असोजमा यस्तो घाटा ७६ अर्ब १४ करोड रुपैयाँ थियो । 

यस्तै विदेशी विनिमयको सञ्चिति १० अर्ब ४७ करोड डलर बराबरमा झरेको छ । यो असोजको तुलनामा ५१ करोड डलर कम हो । यस्तै कात्तिकसम्ममा सरकारले विकासका लागि छुट्याएको पुँजीगत खर्चमध्ये २० अर्ब ७९ करोड रुपैयाँमात्रै खर्च गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २९ दशमलव चार प्रतिशतले कमी हो । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया