बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो

 पुष २, २०७८ शुक्रबार ९:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ ।

रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ ।

झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन ।

बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ । आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो हवाई कारबाही हो । इराक वा सिरियामा पनि बेलायतको हवाई फौजले पहिलो पटक नै हमला गरेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया