अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले एनआरएनलक्षित ६ वटा नयाँ खाता सञ्चालनमा ल्याएकाे छ ।
बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्द्धित विदेशमा रहेका संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको हाे ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल (एनआरएनएफसीवाई) बचत तथा मुद्दती निक्षेप खाताहरु रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज यूआन र जापानिज येनमा खोल्न सकिने एनआरएनए फसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएकाे छ।
यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा त्यस बराबरको विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।
खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने भएकाे छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा गाडी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएकाे छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने यस खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने भएकाे छ । साँवा तथा आर्जन गरेको ब्याजदर कम त्यही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा नि:शुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।