एनसेलले ल्यायो साना व्यवसायीलक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

 पुष २, २०७८ शुक्रबार १३:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।

एनसेलकाे यस याेजनाअनुसार अब मासिक रुपमा कुनै  निश्चित रकम तिर्न पर्ने बाध्यता विना सहजै प्रिपेड सेवा लिन सकिने भएकाे छ । 

साना तथा मझौला व्यवसायी र स–साना कार्यालयहरुलाई ध्यानमा राखेर याे याेजना ल्याइएको कम्पनीले जनाएकाे छ। 

यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् ।

ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेकाे छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेकाे एनसेलले जनाएकाे छ । बिजनेस सधैँ अन थिमअन्तर्गत आजबाट लागू हुने गरि यो योजना ल्याइएको हो । 

यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यालयका साथीहरुसँग करसहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सकिने एनसेलले जनाएकाे छ । 

त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित मात्र १ रुपैयाँ ३० पैसा उपलब्ध हुन्छ । ग्राहकले पेजी डेटा सेवा १ रुपैयाँ ३० पैसा प्रतिएमबी र पेजीएसएमएस सेवा पनि प्रति एसएसएस १ रुपैयाँ ३० पैसामा पाउँछन् ।

१५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान  ग्राहकले सजिलै सञ्चालन गर्न सक्छन् । यो प्लान सुरु भए पछि ग्राहकले ३५ रुपैयाँ मेनब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि पाउने भएका छन् । यसको साथै ३० दिनसम्ममा जम्मा २०० रुपैयाँको रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्नेछन् ।

यस्तै ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार विभिन्न एड अन प्याकहरु पनिखरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ।

ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ्ग प्याकअन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबीप्याक र कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङसहितको २०० रुपैयाँको कम्बो सिल्भर, ३०० रुपैयाँको कम्बो गोल्ड वा ३५० रुपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया