ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भुटानले आज शुक्रवार आफ्नो सर्वोच्च नागरिक पुरस्कार 'नगाडाग पेल्गी खोर्लो' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री माेदीलाई त्याे पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।
‘भुटानी राजाबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुसी व्यक्त गर्नुभएको छ । भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौँको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको छ । भुटानका राजाले भारतद्वारा विना सर्त बर्षौँदेखि पुर्याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कारका लागि भुटानका राजा र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिइएको छ ।
महामारी सुरु भएदेखि नै भारतले भुटानलाई कोभिड–१९ विरुद्धको खोप तथा अन्य चिकित्सा उपकरणको सहयोग प्रदान गर्दै आएको छ ।
यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको पर्याप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिनुभएको थियो । उहाँले भुटान भारतको निकट छिमेकी भएकाले अझ सुरक्षित महसुस भएको पनि उल्लेख गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।