भारतमा बिहे गर्न महिलाको न्यूनतम उमेर २१ वर्ष तोकियाे, मुस्लिम समुदायद्वारा विरोध

 पुष ३, २०७८ शनिबार १४:३५:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र पुरुष दुबैको न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा संशोधनपछि नियम लागू हुनेछ । यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो । सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो । समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहको उमेरमा पनि समानता आवश्यक रहेको बताउनुभयो ।

विवाहका लागि १८ वर्षमै कानुनी मान्यता दिँदा महिलाले अध्ययन पूरा गर्न नपाउने, छिटै गर्भधारण गर्नुपर्ने लगायतका समस्या देखिएकोले २१ बर्ष उपयुक्त हुने उहाँले बताउनुभयो । एउटा अध्ययन अनुसार अहिले २३ प्रतिशत भन्दा धेरै महिलाको विवाह १८ वर्षभित्रै भैरहेको छ । सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदायमाथिको अतिक्रमण भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।  
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया