चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

 पुष ५, २०७८ सोमबार ८:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएकाे बीबीसीले जनाएको छ ।  हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ ।  

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुनुहुन्छ । उहाँले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गर्नु भएको थियो ।

चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया