वाणिज्य बैंकले पालिकाको ८० प्रतिशतसम्म रकम राख्न पाउने, तत्काल ५० अर्ब रुपैयाँ तरलता उपलब्ध हुने

 पुष ५, २०७८ सोमबार १८:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – 'क' वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले पालिकाको खाताको ८० प्रतिशतसम्म रकम निक्षेपका रूपमा राख्न पाउने भएका छन् । बैंकहरूमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव बढ्दै गएपछि अर्थ मन्त्रालयले पालिकाको खातामा रहेको ८० प्रतिशतसम्म रकम बैंकले निक्षेपका रूपमा राख्न पाउने निर्णय गरेको हो ।

यो नियम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालय र राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ । यसअघि पालिकाको कोषमा रहेको रकमको ५० प्रतिशत रकम मात्रै वाणिज्य बैंकहरूले राख्न पाउनेमा बढाएर ८० प्रतिशत पुर्‍याइएकाे अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

नयाँ नियम आउँदो असार मसान्तसम्मका लागि लागू हुनेछ । यसबाट बैंकिङ प्रणालीमा थप ५० अर्ब रुपैयाँ तरलता उपलब्ध हुने सचिव मरासिनीले बताउनुभयो । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिएको छ ।

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया