हङकङको विधायन काउन्सिल चुनावमा चीन समर्थित उम्मेदवारको जित

 पुष ५, २०७८ सोमबार १९:५५:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हङकङको विधायन काउन्सिल (लेग) को चुनावमा चीन समर्थित उम्मेदवारले जित हासिल गरेका छन् । ९० सिटका लागि भएको चुनावमा ८२ सिटमा चीन समर्थित उम्मेदवार विजयी भएका बीबीसीले जनाएको छ । 

सानो संसद् मानिने लेगको हङकङको शक्तिशाली प्रशासनिक निकाय हो । चुनावमा चीन विरोधी मानिने संस्थापन इतर पक्षबाट एक जनाले मात्र जित हात पारेका छन् भने अरूको पृष्ठभूमि सार्वजनिक भएको छैन । 

चुनावमा कुल मतदातामध्ये ३० दशमलव दुई प्रतिशतले मात्र भोट हालेका छन् । हङकङमा ४५ लाख मतदाता रहेका छन् । हङकङमा अहिलेसम्म भएका चुनावमध्ये यसपालि सबैभन्दा थोरै मतदाताले भोट हालेका बीबीसीले जनाएको छ । 

चीनले हङकङको चुनावी प्रणालीमा विवादास्पद परिवर्तन गरेपछि पहिलो पटक चुनाव भएको हो । हङकङका अधिकारीहरू सुरक्षा र स्थायीत्वका लागि चुनावी प्रणालीमा सुधार आएको बताउँछन् । विरोधीहरूले चुनावी प्रणालीले लोकतन्त्रलाई कमजोर पारेको आरोप लगाएका छन् ।

चुनावको नतिजा सार्वजनिक भएलगत्तै चीनले हङकङमा नयाँ व्यवस्था सुरु भएको भन्दै हङकङेली विशेषतासहितको लोकतन्त्र नामक रूपरेखा र मार्गदर्शन सार्वजनिक गरेको रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया