म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक

 पुस ५, २०७८ सोमबार २०:१५:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो । 

बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या गरेको हो ।

हत्या गरिएकामध्ये धेरैजसाे व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिरमा देखिन्छ । म्यान्मारको सेनाले मानव अधिकार उल्लङ्घन गरेका आरोपबारे अहिले संयुक्त राष्ट्र सङ्घले अनुसन्धान गरिरहेको बीबीसमा उल्लेख छ ।

गएको फेब्रुअरीमा सेनाले 'कु' गरी सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । सैनिक 'कु' पछि नजरबन्दमा राखिएकी नेतृ आङ सान सुकीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । यस्तै सैन्य 'कु' को विरोधमा भएका प्रदर्शनहरूमा झन्डै एक हजार तीन सय जनाले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया