ओमिक्रोनसँग जुध्न अमेरिकाले ५० करोड परीक्षण कीट किन्याे, नागरिकलाई नि:शुल्क उपलब्ध गराइने

 पुष ७, २०७८ बुधबार १०:१४:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग जुध्न ५० करोड परीक्षण कीट खरिद गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘ओमिक्रोन’ भेरियन्टको फैलावटसँग जुध्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको बताउनुभएको छ ।

सङक्रमणविरुद्ध जुध्न परीक्षण तीव्र बनाउने र अस्पतालमा सेनाले सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा ७३ प्रतिशत वयष्कले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा नयाँ भेरियन्ट पाइएको छ । न्यूयोर्क र वासिङटनसहित मुख्य शहरमा सङक्रमण बढ्दो छ । अमेरिकामा ओमिक्रोनका कारण एक जनाको ज्यान गएको छ ।

सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ‘ओमिक्रोन’ भेरियन्ट अहिले विश्वव्यापी रूपमा फैलिएको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया