तरलता समस्या सम्बाेधन गर्न, शाेधनान्तर घाटा घटाउन लागिपरेका छाैँ : राष्ट्र बैंक

 पुष ७, २०७८ बुधबार २०:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको दाबी गरेको छ । राष्ट्र बैंकले आज बुधवार पत्रकार सम्मेलन गरेर तरलता हटाउन काम भइरहेको तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । 

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत दुई हजार पाँच सय अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत दुई सय २० अर्ब र सोझै खरिद गरेर २७ अर्ब रुपैयाँ प्रवाह भएको जानकारी दिनुभयो ।

आजसम्म पुनर्कर्जा सुविधा ९२ अर्ब रुपैयाँ स्वीकृत भइसकेको, पालिकाको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था गरेको तथा ब्याज दर केही बढेकाले निक्षेप सङ्कलनमा वृद्धि भइ कर्जाको मागमा कमी आउने गभर्नर अधिकारीको भनाइ छ । 

शोधनान्तर घाटा घटाउन चाँदी आयातका निम्ति विदेशी मुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंकको खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शतप्रतिशत नगद 'मार्जिन' को व्यवस्था गरिएको जानकारी गभर्नर अधिकारीले दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया