१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न नखाेजेकाे बताउनुभएकाे छ । आज बिहीवार न्युज एजेन्सीसँगकाे अन्तर्वार्तामा उहाँले भन्नुभयाे, ‘मैले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न खोजेकै होइन । म त लगानीकर्ताको पक्षमा छु । मैले कसैलाई अहिले भर्खरै घाटा पार्न खोजेको हो र ? त्यस कारण त्यो कुरा होइन, कुरा अलि ठूलो हो भन्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले आफूले पुँजीवादबारेमा ठूलो सैद्धान्तिक बहस गर्न खोजेको प्रष्ट पार्नुभयाे । नेपालकाे रणनीतिक रूपले कुन बाटो समात्नुपर्ला भन्ने बहस उठाउन खाेजेकाे भन्दै उहाँले भन्नुभयाे, ‘’मैले अस्ति जे व्याख्या गरेँ र निकै ठूलो तरङ्ग पनि आयो भनियो । मैले नबुझेर बाेलेकाे भन्ने छ । मैले एउटा अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरू भनेको हो । अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पुँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ ? हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर र कस्तो योजनातिर सोच्नुपर्छ ? भनेर गरेको व्याख्यालाई नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो । प्रचार गरियो । जानीबुझी कतिपयले त्यसलाई तोडमोड गरे । मेरो त्यो होइन । म त अहिले पनि भन्छु, पुँजीवाद अहिले वित्तीय पुँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु तिनीहरूको मूल ध्येय छ । पुँजीकाे लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने काममा लागेको छ । छिटो पैसा त्यहाँबाट आउँछ । वा अरू त्यस्ता मुद्राबाट मुद्रा कमाउने । पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हाबी छ भन्न खोजेको हो मैले ।
अन्तर्वार्ताकै क्रममा अध्यक्ष प्रचण्डले विदेशी सहायता, विदेशी अनुदान, विदेशी सामान भित्र्याउने अनि आफ्ना युवाहरूलाई विदेश पठाएर, रेमिट्यान्स ल्याएर देश चलाउन खोज्ने कुराले यो देश र नागरिककाे स्वतन्त्रता र समृद्धिलाई मद्दत नगरेकाे बताउनुभयाे । ‘यही गरिराख्ने हो भने यो देशको तरक्की हुँदैन । हामी आफ्नो खुट्टामा टेकेर आफ्नै प्राकृतिक साधन स्राेतकाे सदुपयोग गरेर आफ्नै श्रम र पौरखमा बाँचेका छौँ भन्न सक्दैनौँ । अहिले नेपालीहरू विश्वको कुनै पनि देशकाे एअरपोर्टमा गयो भने नेपाली भन्नेबित्तिकै सम्मान गर्दैनन् । किनकि हामी पछाडि परेका छौँ । त्यस कारण यो नीति बदल्नुपर्छ भन्ने मेरो भनाइ हो’, उहाँले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।