पश्चिमी देश झुट बाेलिरहेका छन्, युक्रेनकाे अघि रुस झुक्दैन : पुटिन

 पुष ८, २०७८ बिहीबार २०:२५:४७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटाे विस्तारमा पश्चिमी देशले रुससँग झुटाे बाेलेकाे आराेप लगाउनुभएकाे छ । प्रत्येक वर्षकाे अन्त्यमा हुने आफ्नाे पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले अमेरिकासँग सुरक्षा प्रत्याभूतिकाे मागबारे छलफलमा सकारात्मक प्रगति भएकाे पनि स्वीकार गर्नुभयाे ।

रुस र पश्चिमी देशमा युक्रेनलाई लिएर विवाद चलिरहेकाे छ । रुसले युक्रेनसँगकाे आफ्नाे सीमामा ठूलाे सङ्ख्यामा सैनिक तैनाथ गरेकाे पश्चिमी देशकाे आराेप छ । साथै रुसले युक्रेनमाथि आक्रमण गर्ने याेजना बनाइरहेकाे उनीहरूकाे आराेप छ । 

एक प्रश्नकाे जवाफमा पुटिनले युक्रेनकाे तर्फबाट देखिएकाे खतराकाे जवाफ रुसले दिइरहेकाे बताउनुभयाे । साथै उहाँले युक्रेनकाे मामिलामा कुनै पनि कारबाही देशकाे सुरक्षामा निर्भर गर्ने स्पष्ट पार्नुभयाे ।

‘हामीले युक्रेनमा के भइरहेकाे छ र उसले कहिले आक्रमण गर्न सक्छ भनेर सतर्क रहनु आवश्यक छ’, उहाँले भन्नुभयाे ।  पुटिनले पूर्वी युक्रेनमा रुसी बाेल्ने नागरिककाे रक्षा नगर्न र यस मामिलामा अवराेध नगर्न रुसलाई चेतावनी दिइरहेकाे बताउँदै यसलाई नमाने प्रतिबन्ध लगाइने बताइएकाे जानकारी दिनुभयाे । 

अमेरिकामा सुरक्षाकाे प्रत्याभूतिबारे हुने छलफललाई लिएर पुटिन आशावादी देखिनुभयाे र नयाँ वर्षमा वार्ता हुन सक्ने उहाँले बताउनुभयाे । नेटाेलाई लिएर पुटिनले एक पटक फेरि जाेड दिँदै सङ्गठन पूर्वमा विस्तार हुन नहुने बताउनुभयाे । रुसलाई यस मुद्दा मूर्ख बनाइएकाे पुटिनकाे भनाइ छ । उहाँले रुसले कसैलाई चेतावनी नदिएकाे स्पष्ट पार्नुभयाे । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया