म्यानमारमा ३० वटा भन्दा धेरै शव जलेको अवस्थामा भेटियो

 पुष ११, २०७८ आइतबार ९:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् ।

म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप छ ।

म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता सेनाकाे नागरिकस्तरबाट विरोध हुँदै आएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया