नाेबेल पुरस्कार विजेता डेसमन्ड टुटुकाे निधन

 पुष ११, २०७८ आइतबार १६:४४:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो । 

टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामफोसाले टुटुको निधन भएको जानकारी दिँदै उहाँको निधन दक्षिण अफ्रिकामा एक बहादुर पिढीँको समाप्ति भएको बताउनुभयो । 

सन् १९८४ मा डेसमन्ड टुटुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँ भारतमा सन् २००७ मा गान्धी पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया