माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् : अनिलकुमार झा

 पुस ११, २०७८ आइतबार १६:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता अनिलकुमार झाले माओवादीको १० वर्षे जनयुद्धले धेरै विषयमा परिवर्तन ल्याए पनि अझै गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताउनुभएको छ । 

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै नेता झाले माओवादीको जनयुद्धलाई आफूहरूले कहिल्यै पनि अपमान नगरेको तर अहिले माओवादीले मूल एजेन्डा बिर्सँदै गएको बताउनुभयो ।

शोषित, पीडित नागरिकका लागि आन्दोलन गरेको माओवादीले अहिले एजेन्डा छाड्दै गएकोमा दुःख लागेको झाले बताउनुभयो । आफूहरूले मधेश आन्दोलन गर्दा प्रचण्डसहितका नेताहरूले नै नजरअन्दाज गरेको, मधेशका मुद्दालाई संविधानले सम्बोधन नगरेको लगायतका विषयमा पटक–पटक माग गर्दा पनि पूरा नभएको झाको भनाइ छ ।

झाले माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् भने शुभकामना पनि दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया