अफगानिस्तानमा लामो दूरीको यात्रा महिला एक्लैले गर्न नपाउने, पुरुषको साथ अनिवार्य

 पुष १२, २०७८ सोमबार ८:४०:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा महिला एक्लैले लामो तथा मध्यम दूरीको यात्रा गर्न नपाउने भएका छन् ।

तालिबानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि अनुमति भए पनि अब लामो तथा मध्यम दूरीमा यात्रा गर्दा आफन्त तथा परिवारका पुरुष सदस्यसँगै हुनुपर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ ।

लामो यात्रा गर्ने महिलाको साथमा पुरुष नभए यात्राका लागि अनुमति नपाउने तालिबानी अधिकारीलाई उदृत गर्दै खबरमा भनिएको छ । अब ७२ किलोमिटर भन्दा लामो दूरीको यात्राका लागि महिलाले पुरुषलाई अनिवार्य साथाम लैजानु पर्नेछ ।

यस्तै, तालिबानले बुर्का लगाएका महिलालाई मात्रै यात्राका लागि गाडीमा चढाउन आग्रह गरेको छ ।

गएको अगस्ट १५ तारिखमा अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँ अहिले तालिबानको शासन छ । तालिबानले सत्तामा फर्किँदै गर्दा महिला तथा मानवअधिकारको रक्षा गर्ने बताए पनि त्यसो हुन नसकेको मानवअधिकारकर्मीले बताएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया