५ महिनामा ८ सय ४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै

 पुस १२, २०७८ सोमबार १२:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ ।

महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो ।

गएको साउनमहिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना भएकामा ५६ प्रतिशत अर्थात ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ ।

श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाइ मानसिक यातना दिएका तथ्याङ्कहरु सङ्कलन भएका छन् ।  

प्रतिवेदन :

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया