सोमालिया : राष्ट्रपतिद्वारा प्रधानमन्त्री निलम्बित, भ्रष्टाचारकाे आराेप

 पुष १२, २०७८ सोमबार १८:३८:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले आज सोमवार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताउनुभएको छ ।

फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन समेत विफल भएको आरोप लगाउनुभएको छ।

उहाँका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।

योसँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उहाँलाई निलम्बनमा राखिनेछ ।

फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानुन र नियमको पालना गर्न आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया