पाकिस्तानको पञ्जाबमा २४ घण्टामा १ हजारभन्दा बढी दुर्घटना

 पुष १२, २०७८ सोमबार २०:१५:२१ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पाकिस्तानको पञ्जाब प्रान्तमा गएकाे २४ घण्टामा एक हजारभन्दा बढी दुर्घटना भएका छन् । ती सडक दुर्घटनामा कम्तीमा ११ जनाकाे ज्यान गएकाे र एक हजारभन्दा धेरै घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

'द न्युज इन्टरनेशनल'का अनुसार घाइतेमध्ये पाँच सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा चार सय ४० सामान्य घाइतेको उपचार भएको छ ।  

सञ्चारमाध्यमका अनुसार यी सडक दुर्घटनामा चार सय २५ चालक, ४६ नाबालिग चालक, एक सय ३६ पैदलयात्री र चार सय ६६ यात्रु रहेका जनाइएको छ ।

पाकिस्तानको ठूलो भागमा विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरोका कारण सडक दुर्घटना बढेको जनाइकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया