अमेरिकामा आइसोलेशनमा बस्ने अवधि आधाले घटाइयो : फ्रान्समा थप कडाइ

 पुष १३, २०७८ मंगलबार ८:५५:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस सङ्क्रमित आइसोलेशनमा बस्ने अवधि आधाले घटाएको छ । आइसोलेशन अवधि दश दिनबाट घटाएर पाँच दिन कायम गरिएको हो ।

सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिनमा मास्क लगाउन सुझाव दिएको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा गरिएको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भीडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताउनुभएको छ ।

अमेरिकामा पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् । यसैबीच फ्रान्सले ओमिक्रोन भेरियन्टका कारण प्रतिबन्धमा कडाइ गरेको छ । कर्फ्यु वा लकडाउन नलगाइए पनि सबैलाई मास्क अनिवार्य गरिएको छ ।

कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ । पछिल्लो व्यवस्थामा ठूला भेलालाई सीमित बनाइएको छ र लामो दूरीका गाडीमा खान र पिउन प्रतिबन्ध लगाइएको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया