भारतमा ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहायता लिन नपाउने

 पुष १३, २०७८ मंगलबार १३:३४:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - भारतमा ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहायता लिन नपाउने भएको छ ।

इसाई नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचारप्रसार गर्नुका साथै नागरिकलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले विदेशी सहायता लिनबाट यो संस्थालाई रोक लगाएको हो । यस्तै, मदर टेरेसाको परोपकारी संस्थाको नवीकरण पनि रोकिएको छ ।

संस्थाले नवीकरणका लागि दिएको आवेदनलाई अस्वीकृत गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ । मदर टेरेसा च्यारिटीले स्वास्थ्य, शिक्षा र अनाथहरुका लागि गर्दै आएको छ । तर, पछिल्लो समय सामाजिक सेवासँगै इसाई धर्मको प्रचार गरेको आरोप लागेपछि यो संस्था विवादमा परेको छ ।

युरोपको तत्कालीन मेसेडोनियाबाट भारतको कोलकाता आएकी क्याथोलिक अनुयायी मदर टेरेसाले सन् १९५० मा मदर टेरेसा च्यारिटी स्थापना गर्नुभएको थियो । मानवीय कार्य र परोपकारमा योगदान पुर्याएको भन्दै सन् १९७९ मा उहाँलाई नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया