काेराेना सङ्क्रमण दर बढेपछि दिल्लीमा 'यलाे अलर्ट' जारी, अब रात्रिकालीन कर्फ्यु

 पुष १३, २०७८ मंगलबार २०:२७:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले भारतको राजधानी नयाँ दिल्लीमा 'यलाे अलर्ट' जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा 'यलाे अलर्ट' जारी गरिन्छ ।

आज मङ्गलवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले 'यलाे अलर्ट' जारी गरिएको घोषणा गर्नुभएको हो । 'यलाे अलर्ट' जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ । यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको पसल मात्र समय मिलाएर खोल्ने र सार्वजनिक गाडीमा सिटको आधा सङ्ख्यामा यात्रु राखेर मात्र चलाउन पाइने भएको छ ।  

दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागू हुनेछ । यस्तै शपिङ कम्प्लेक्स र अरू सामानको पसल बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइनेछ । सिनेमा हल, जिमखाना, योगशाला र पार्क बन्द रहने दिल्ली सरकारले जनाएको छ ।

मुख्यमन्त्री केजरीवालले भिड बढिरहेमा र 'काेभिड प्राेटाेकल' काे पालना नगरेमा सरकारले बाध्य भएर बजार बन्द गर्ने बताउनुभएकाे छ । ‘यसअघि भन्दा अहिले हामी धेरै तयार भएका छाैँ । हामी काेही पनि बिरामी नहाेस् भन्ने चाहन्छाैँ । त्यही कारण हामी तपाईँहरूलाई मास्क लगाउन भनिरहेका छाैँ, हामी जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया