भारतमा कोरोनाविरुद्धका दुई नयाँ खोप कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति

 पुष १४, २०७८ बुधबार ११:१७:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले कोरोनाविरुद्धका नयाँ दुई वटा खोपलाई अनुमति दिएको छ । सीरम इन्स्टिच्युट अफ इण्डियाले निर्माण गरेको कोभोभ्याक्स र बायोलोजिकल-ई ले बनाएको कोर्बेभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो ।

यीसहित भारतले अहिलेसम्म आठ वटा खोपलाई अनुमति दिएको छ । जसमध्ये तीन वटा भारतमा बनेका हुन् । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेको छ । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ । भारत सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर लक्ष्य प्राप्त नहुने देखिएको बीबीसीले जनाएको छ ।

भारतमा अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन् । नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा प्रयोग हुने या नहुने अहिलेसम्म स्पस्ट छैन । भारतमा अन्य दुई खोप पनि परीक्षणको विभिन्न चरणमा रहेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया