काबुल ध्वस्त हुनबाट बचाउन म भागेँ : पूर्वराष्ट्रपति घानी

 पुष १५, २०७८ बिहीबार २०:१०:३४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले आफूले देश छाेडेर जानुकाे कारणबारे बताउनुभएकाे छ । पूर्वराष्ट्रपति घानीले तालिबान यो वर्षको सुरुवातमा काबुल नजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गर्नुभएकाे हाे । उहाँले काबुल ध्वस्त हुनबाट बचाउन आफू देश छाेडेर भागेकाे दाबी गर्नुभएकाे छ ।

तालिबानले गएकाे अगस्टमा अफगानिस्तानकाे राजधानी काबुलमा कब्जा गरेपछि पूरै देशकाे सत्ता आफ्नाे हातमा लिएकाे थियाे । अशरफ घानीले १५ अगस्टमा उठ्दा त्याे दिन अफगानिस्तानमा आफ्नाे अन्तिम दिने हुने कुनै आभास नभएकाे बताउनुभएकाे 'बीबीसी रेडिओ फाेर' काे टुडे कार्यक्रमलाई बताउनुभएकाे छ । काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको घानीले बताउनुभयाे ।

त्यस समयमा तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छाेडेर जाँदा आलाेचनाकाे सामना गर्नुपरेकाे थियाे । आफूले देश छाेड्ने निर्णयलाई सही बताउँदै घानीले याे निर्णय देशलाई बचाउन गरेकाे बताउनुभयाे । उहाँ अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा हुनुहुन्छ । 

‘तालिबानका दुई अलग–अलग समूह अलग–अलग दिशाबाट नजिक आइरहेका थिए र उनीहरूबीचकाे ठूलाे द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र त्यसले मानिसमा ल्याउने विनाश ठूलो हुने थियो’, घानीले भन्नुभयाे । 

तीन महिनापछि घानीले काबुल पतन हुनुकाे पछाडि केही कुरामा आफू दाेष स्वीकार्न तयार भएकाे बताउनुभएकाे छ । घानीले आफूले अन्तर्राष्ट्रिय सहयाेगमा भराेसा गरेकाे तर अहिले आफू जीवन तहसनहस भएकाे बताउनुभयाे । 

उहाँले अघि भन्नुभयाे, ‘राष्ट्रपतिका सुरक्षा प्रमुख भयभीत हुँदै मेराे नजिक आए र समय निकै कम भएकाे बताए । त्यसपछि मैले खाेस्त सहर जाने निर्देशन दिएकाे थिएँ तर उनले खाेस्त जलालाबादमा तालिबानले कब्जा गरेकाे उनले बताए । मलाई कहाँ जाने थाहा थिएन । विमान उडेपछि मलाई अफगानिस्तान छोड्दै गरेको थाहा भयो । त्यसैले यो सबै अचानक भएको थियो ।’

पूर्वराष्ट्रपति घानीले आफूले सँगै ठूलो धनराशि लगेको आरोप अस्वीकार गर्दै आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताउनुभएकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया