नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

 पुस १६, २०७८ शुक्रबार १०:१५:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने बताउनु भएको हो ।

५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाखभन्दा धेरै सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा देशबीच तनाव बढेको छ ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया