नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काभ्रे - प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनुभएको छ । गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष दर खाने क्रममा प्रमुख अतिथि भएर पुग्नुभएका उहाँ कार्यक्रमबाट फर्केपछि भोलिपल्ट शनिबारदेखि उपचार गराइरहनुभएको हो । “टाउको, पेट दुख्ने, पखाला लाग्ने, बान्ता गर्ने र ज्वरो आउने समस्या यथावत नै रहेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा भेला भएर दर खाएका सबैजसो गाउँले बिरामी परेर उपचार गराइरहेका छन् । उपचारमा संलग्न शिर मेमोरियल अस्पतालका चिकित्सक अरुण गुप्ताले बिरामीमा केही सुधारको अवस्था भएमा सोमबार घर पठाउन सकिने बताउनुभयो ।
भोज खानेमध्ये बिरामी भएर उपचार गर्नेको सङ्ख्या ५३६ जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा नै भर्ना भएर उपचार भइरहेको बिरामीको सङ्ख्या १५४ जना रहेको र बाँकी उपचारपश्चात् घर फर्किसकेका छन् । छ जनाको अझै सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
घटना भएलगत्तै शनिबार नै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका चिकित्सक समीर अधिकारीको नेतृत्वमा गएको टोलीले बिरामीले खाएको खाना तथा प्रयोग गरिएको कुवा र इनारको पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाएको छ । त्यसको प्रतिवेदन आउन दुई दिन लाग्ने भएकाले त्यसपछि बिरामीको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।