अमेरिकाकाे कोलोराडोमा डढेलो : तीन जनाको ज्यान गएको आशङ्का

 पुष १८, २०७८ आइतबार ७:४२:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ।

डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन्।

दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरकाे प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ ।

डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया