शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

 पुष १८, २०७८ आइतबार ८:१२:१५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना थालिएको छ ।

निकुञ्जभित्र र बाहिर रहेका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो ।

गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञ, हिमाली प्रकृति, एनटीएनसी, नेचर गाइड एसाेसिएशनका प्रतिनिधिलगायत सहभागिता छन् ।

गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । आउँदो माघ २ गतेसम्म स्थलगत रूपमा पुगेर र कुनै ठाउँमा डुङ्गा लगायतमा चढेर जलपक्षी गणना हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुनेछ ।

अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ ।

तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हुँदै आएको छ ।

अघिल्लो वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए।

तालतलैयामा जलपक्षीको सङ्ख्या सँगै सिमसारको अवस्था बारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताउनुभयो।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया