कोरोना र खराब मौसमका कारण एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द

 पुष १८, २०७८ आइतबार ११:२५:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस र खराब मौसमका कारण एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द भएका छन् ।

हिजो विश्वभर रद्द गरिएका उडानमा २ हजार ५ सयभन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको सम्पर्कमा आएका कारण क्वरेण्टीनमा छन् । आज धेरैजसो मानिस क्रिसमसको बिदा सकेर घर फर्कँदै थिए । उनीहरुको यात्रा प्रभावित भएको छ । डिसेम्बर २४ यता अमेरिकामा मात्रै १२ हजार उडान रद्द भएका छन् ।

अमेरिकामा ओमिक्रोन भेरियन्टका कारण कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया