प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

 पुस १९, २०७८ सोमबार ६:४०:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ ।

केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो ।  सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा आएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए ।

प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि उहाँको राजीनामा आएको बीबीसीले  जनाएको छ । सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिनु भएको छ । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उहाँको भनाइ छ ।

गएको अक्टोबर महिनामा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बन्नु भएको थियो । सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।

त्यसको केही समय पछि सेनासँग सम्झौता गर्दै उहाँ फेरि प्रधानमन्त्री बन्नु भएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया