चीनमा हराएको ३० वर्षपछि बनाएको नक्साले आमासँग पुनर्मिलन

 पुष १९, २०७८ सोमबार ८:२४:४२ | एजेन्सी
unn.prixa.net

अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् ।

ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए । 

डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघाएकाे बीबीसीले जनाएकाे छ ।

‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् ।

उनले लेखेका छन्, ‘३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’ 

आमासँग पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बेचिएका थिए ।

(सच्याइएकाे)

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया