राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
बाजुरा - बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व भुवा सुरु भएको छ ।
महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयवासीले भस्सो पर्व पनि भन्ने गर्छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
भुवा पर्व पुसेऔँसीका दिनबाट सुरु हुन्छ । जिल्लावासीले दसैँ तिहारपछि भुवा पर्वलाई नै विशेष महत्त्वको पर्वका रूपमा मनाउने गर्छन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जित तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँचदिनसम्म मनाइने गरिन्छ ।
बाजुराका जुगाडा, मार्तडी, आटीचौर, बाह्विस, ब्रह्मतोला, कुल्देवमाडौँसहितका क्षेत्रमा भव्यरूपमा यो पर्व मनाउने गरिन्छ । ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । याे उत्सव मनाउँदा गरेका झाँकीसहित लाखे नाचहरु प्रर्दशन गर्ने गरिन्छ ।
पौराणिककालमा पाण्डव र कौरवबीच भएको लडाइँको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जानकार बताउँछन् । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ ।
भुवा पर्वको अवधिभर पुरुष हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत्कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको ज्योतिष गोविन्द्रराज शास्त्रीको भनाइ छ ।
भुवाको सुरुको दिनको राति राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्धकला प्रदर्शन गर्ने प्रचलन रहेको छ । भूक्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ ।
पुरुषहरुको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाले पनि हातमा तरबार र ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्लावासीले दसैँतिहारभन्दा बढी महत्त्वका साथ मनाउने गर्दछन् ।
यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जङ्गली जनावरका तस्बिर पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।
पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरालगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङलगायत जिल्लामा पनि मनाउने प्रचलन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।