हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री हत्याको प्रयासबाट जोगिए

 पुस २०, २०७८ मंगलबार ७:३५:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री हत्याको प्रयासबाट जोगिनुभएको छ ।

देशको स्वतन्त्रता दिवस मनाउने क्रममा गएको शनिवार उत्तरी सहर गोनाएभ गिर्जाघरमा बन्दुकधारीले प्रधानमन्त्री आङ्ग्रीलाई मार्ने प्रयास गरेको त्यहाँको सुरक्षा निकायलाई उदृत गरी बीबीसीले जनाएको छ । सुरक्षा निकाय र बन्दुकधारीबीच भएको गोली हानाहानका क्रममा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

गएको जुलाईमा तत्कालीन राष्ट्रपतिको हत्या भएपछि हैटीमा सुरक्षा अवस्था बिग्रिएको छ । ५३ वर्षका राष्ट्रपति जोभनेल मोइनको निवासमै हत्या भएको थियो । आङ्ग्री मोइनको हत्या भएको दुई हप्ता पछि देशको कार्यवाहक प्रमुख बन्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया