अमेरिकामा एकै दिन १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण

 पुष २०, २०७८ मंगलबार १७:३२:१४ | एजेन्सी
unn.prixa.net

वाशिङ्टन – अमेरिकामा एकै दिन १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो साेमवार एकै दिन अमेरिकामा १० लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । 

अमेरिकी स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको अघिल्लो लहरको बेला एकै दिन सबैभन्दा धेरै पुष्टि भएका सङ्क्रमितको तुलनामा हिजो तीन गुणा धेरै सङ्क्रमित भेटिएको जनाएका खबरमा उल्लेख छ । जोन्स हप्किन्स विश्वविद्यालयकाे तथ्याङ्कअनुसार पछिल्लो हप्ता हरेक एक सय जना व्यक्तिमध्ये एक जना अमेरिकी कोरोना पोजेटिभ भेटिएका छन् ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले विज्ञहरूसँग कोरोनाको बढ्दो जोखिमको बारेमा आज मङ्गलवार बिहान छलफल गर्नुभएको पनि खबरमा उल्लेख छ । आउँदो हप्ता सङ्क्रमण दर झन्डै दोब्बरले बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकामा अहिलेसम्म पाँच करोड ५० लाख जनामा कोरोना पुष्टि भएको छ भने आठ लाख २६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया