यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले कोरोना विरुद्धको खोप नलगाएका नागरिकको जीवन कष्टकर बनाउने चेतावनी दिनुभएको छ । फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउनेहरु घट्दै गएपछि राष्ट्रपति म्याक्रोले खोप नलगाउनेहरुलाई सरकारले झण्झट दिने र सार्वजनिक जीवनको धेरैजसो क्रियाकलापमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
खोप नलगाउनेहरुलाई कडा कारबाहीको प्रावधान समेटिएको एउटा विधेयक संसदबाट पारित नभएपछि आक्रोसित बन्नुभएका राष्ट्रपति म्याक्रोले अब सरकारले बल गरेर खोप नलगाउने तर खोपबाट भाग्नेहरुले धेरै सुविधाबाट बञ्चित हुनुपर्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ । खोप नलगाउनेहरुलाई रेष्टुरेन्ट, सिनेमा हल, सरकारी कार्यालय लगायतका ठाउँमा प्रवेश निषेध गर्ने भन्दै राष्ट्रपति म्याक्रोले खोप लिन नमान्नेलाई आफूले घृणा गर्ने बताउनुभएको छ । तर विपक्षीहरूले भने म्याक्रोले प्रयोग गरेको भाषा राष्ट्रपतिका लागि योग्य नभएको बताएका छन् ।
९० प्रतिशत वयष्क व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको फ्रान्स युरोपमै सबैभन्दा धेरै काेराेनाविरुद्धको खोप लगाउने देश हो । तर युवाहरुले खोप लगाउन आनाकानी गर्दा संक्रमण बढिरहेको छ । हिजो फ्रान्समा अहिलेसम्मकै धेरै दुई लाख ७१ हजार जनामा संक्रमण पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।