भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको ज्यान गयो, ५८ हजार संक्रमित थपिए

 पुस २१, २०७८ बुधबार १०:५६:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । भारतमा प्रवेश गर्ने यात्रुहरुलाई स्वास्थ्य मापदण्डमा पनि कडाइ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया