उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको दाबी

 पुष २१, २०७८ बुधबार १८:५०:२७ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । यसअघि आज बुधवार बिहान जापानी तटरक्षक निकायले उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको थियो ।

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले समुद्रमा प्रहार गरिएको वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र भए/नभएको बारे गरेको अध्ययनबाट त्यो क्षेप्यास्त्र नै भएको पाइएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु अस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले आज बिहान प्रक्षेपण गरेको क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटर उडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अघिल्लो वर्षदेखि उत्तर कोरियाले आफूसँग भएको अस्त्र सुदृढ गर्ने कार्यक्रम सुरु गरेको छ । उत्तर कोरियाले सञ्चालन गरेको सञ्चारमाध्ययममा केही दिनअघि नयाँ हाइपरसोनिक क्षेप्यास्त्र, रेलमा आधारित ब्यालेस्टिक क्षेप्यास्त्र र नयाँ लामो दुरीको क्रुज क्षेप्यास्त्र परीक्षणको क्रममा रहेको बताएको थियो । विस्फोटक पदार्थको ठूलो भार बोकेर लामो दुरीसम्म चाँडो उड्न सक्ने भएकाले ब्यालेस्टिक क्षेप्यास्त्रलाई जोखिमपूर्ण मानिन्छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरेको नाका बन्दका कारण उत्तर कोरियाको अर्थतन्त्र नाजुक बनेको छ । खाद्य सङ्कट बढेको छ । तर पनि उत्तर कोरियाले नयाँ अस्त्र परीक्षणलाई भने नरोकेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया