भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा

 पुस २२, २०७८ बिहिबार ६:४३:३२ | एजेन्सी
unn.prixa.net

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा गरिएको छ ।

वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ ।

बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा बन्द भएको छ । थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रान्तहरूमा अत्यावश्यक सहयोग र सामग्री पठाइएको र वितरण भइरहेको मन्त्रालयका अधिकारी मुहम्मद अमिन मुबारिजले बताउनुभएको छ ।      

फाेटाे साभार : इन्डिया टीभी न्युज 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया