ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

 पुष २२, २०७८ बिहीबार २०:१४:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : ९२ न्युज एचडी प्लस

उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।

हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । निसानामा ताक्नुअघि क्षेप्यास्त्रलाई एक सय २० किलोमिटर यताउता घुमाएको बीबीसीले जनाएको छ । यसले क्षेप्यास्त्रलाई नियन्त्रणमा राखेर निसानामा ताक्न सक्ने देखिएको छ ।

उत्तर कोरियाका शासक किम जङ–अनले सैन्य सामर्थ बढाउने प्रतिबद्धता व्यक्त गरेपछि यो पहिलो परीक्षण हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।

हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया