दुधको मूल्य निर्धारण गर्ने सरकारको तयारी : प्रतिलिटर ८ देखि १० रुपैयाँ बढाउने गृहकार्य

 पुष २३, २०७८ शुक्रबार ८:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।

आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ । मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ । बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बढाउनेगरी गृहकार्य गरिरहेको छ । यसअघि २०७६ साल भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो । त्यसयता दुधको मूल्य वृद्धि भएको छैन । यसपालि कच्चा दुधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दुधको अर्को मूल्य निर्धारण गर्ने तयारी छ ।

वाग्मती प्रदेश दुग्ध विकास बोर्डले दश रुपैयाँ मूल्य बढाउन कृषि मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश कृषि तथा पशुपन्छी मन्त्री एवं बोर्डका अध्यक्ष बसुन्धरा हुमागाईंको अध्यक्षतामा बसेको बोर्डको बैठकले मूल्य बढाउन अनुरोध गर्ने निर्णय गरेको थियो । अबको १५ दिनभित्र दुधको मूल्यमा समायोजन नभएर वाग्मती प्रदेशले दुधको मूल्य समायोजन गर्ने अध्यक्ष हुमागाईंले बताउनुभयो ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया