काजकिस्तानमा प्रदर्शन चर्कियो : रुसी सेना तैनाथ

 पुष २३, २०७८ शुक्रबार ९:२१:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन् ।

मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ । केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । सयौँको संख्यामा नागरिक घाइते भएका छन् । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो । आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ ।

रुसले नेतृत्व गरेको सैन्य बल काजकिस्तान पुगेको छ । राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिँसात्मक गतिविधि नियन्त्रण गर्न २५ सय रुसी सेनाको सहयोग लिएको बताउनुभएको छ । एउटा टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपतिले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेशन (सीएसटीओ ) लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गर्नुभएको थियो । यो सङ्गठनमा रुस, काजकिस्तान, बेलारुस, ताजिकिस्तान र अर्मेनिया सदस्य छन् । सीएसटीओले ती सुरक्षा अधिकारी शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ ।

उनीहरू केही दिन वा केही हप्ता बस्न सक्ने खबरमा उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, फ्रान्सलगायतका देशले दुवै पक्षलाई हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा गरिएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Surya sigdel

    Jan. 7, 2022, 9:43 a.m.

    I like it

  •  0 Reply

तपाईको प्रतिक्रिया