क्यापिटल दङ्गाका लागि ट्रम्प दोषी : राष्ट्रपति बाइडेन

 पुष २३, २०७८ शुक्रबार १३:२१:५९ | एजेन्सी
unn.prixa.net

फेसबुक

वाशिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा त्यस घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनुभएको छ । 

बिहीवार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सिटमा भएको आक्रमणका लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार भएको आरोप लगाउनुभएको छ ।

बाइडेनले भन्नुभयो, ‘हाम्रो इतिहासमा पहिलो पटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन् । उनले हिंसात्मक भिड क्यापिटलमा पुग्दा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण रोक्न प्रयाससमेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा, हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस् ।’

ट्रम्पको नाम नलिइकन, बाइडेनले आक्रामक रूपमा ट्रम्पमा त्यो दिन के भयो भनेर दोष लगाउनुभयो । बाइडेनले पूर्वराष्ट्रपतिलाई २०२० को चुनावको वरिपरि ‘’झुटको जाल भनेर बुनाएको र अमेरिकी लोकतन्त्रलाई आक्रमण गरेकोमा बोलाएजस्तो अरू कुनै नेताले गरेनन् । बाइडेनले भन्नुभयो, ‘के साँचो र के झुट हो भन्नेबारे हामी पूर्णरूपमा स्पष्ट हुनुपर्दछ, उहाँले भन्नुभयो, जसले सिद्धान्तभन्दा शक्तिलाई महत्त्व दिन्छ, आफ्नो देशको हित र अमेरिकाको हितभन्दा आफ्नो स्वार्थ बढी महत्त्वपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहङ्कार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधानभन्दा बढी महत्त्वपूर्ण छ । त्यस्ता व्यक्तिबाट यस्ता हर्कत हुन्छन् ।’

ट्रम्पको विरूद्ध बाइडेनले कडा टिप्पणी गर्दै भन्नुभयो, ‘उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न । यद्यपि ९३ सिनेटरहरू, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले भने– उहाँ हार्नुभयो ।’

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया