काजकिस्तानमा सेनालाई ‘विना चेतावनी गाेली चलाउन’ आदेश

 पुष २३, २०७८ शुक्रबार १८:४५:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : खलीज टाइम्स, ट्विटर

काठमाण्डाै – काजकिस्तानमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाका बीच त्यहाँकाे सरकारले सेनालाई ‘विना चेतावनी गाेल चलाउन’ आदेश दिएकाे बीबीसीले जनाएकाे छ । 

काजकिस्तानका राष्ट्रपति कासिम जाेमार्त ताेकाएबले अल्माटी सहरमा ‘२० हजारकाे सङ्ख्यामा रहेका विराेधी प्रदर्शनकारी’ ले आक्रमण गरेकाे बताउनुभएकाे छ । अल्माटी सहर बढिरहेकाे तेलकाे मूल्यकाे विराेधमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाकाे केन्द्र हाे । 

राष्ट्रपति तोकाएबले यस हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएकाे दाबी गर्नुभएकाे छ । यद्यपि उहाँले याे दाबीकाे बारेमा कुनै स्पष्ट पार्नुभएकाे छैन । 

यसैबीच काजकिस्तानकाे अनुराेधमा रुसकाे नेतृत्वमा रहेकाे सेना काजकिस्तान पुगेकाे छ । 

काजकिस्तानकाे गृह मन्त्रालयले २६ सशस्त्र अपराधीलाई मारिएकाे र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएका बताएकाे छ । 

त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ । 

यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेकाे र निकै कम जानकारी सार्वजनिक भइरहेकाे छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार पूरै देशमा ७० चेक प्वाइन्ट्स राखिएकाे छ । 

काजकिस्तानमा तेलकाे मूल्यमा भएकाे वृद्धिकाे विराेधमा प्रदर्शनकाे क्रममा हिंसा बढेकाे हाे । याे अवस्थालाई लिएर अमेरिका, बेलायत, फ्रान्सका साथै संयुक्त राष्ट्रले पनि सबै पक्षलाई संयम रहन अपिल गरेकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया